प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
१३ माघ २०८२, मंगलवार १३:५५

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले विभिन्न शाखा कार्यालयहरुको लागि कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै नेपालगञ्ज, सुर्खेत र भैरहवा उपशाखा कार्यालयमा अधिकृत स्तरको कार्यालय प्रमुख माग गरेको हो ।
संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त विश्वविद्यालयबाट न्युनतम् स्नातक तह उत्तिर्ण गरी निर्जीवन बीमाको मार्केटिङमा कम्तिमा १ वर्ष अधिकृत स्तरमा काम गरेको र २१ वर्ष उमेर पुरा भै ४५ वर्ष ननाघेको हुनुपर्ने छ । साथै, कम्तिमा दुई पाँङ्ग्रे सवारी चालक अनुमतिपत्र प्राप्त गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।
इच्छुक उम्मेद्वारले तोकीएका आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले १५ दिनभित्र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।













