हाइड्रोपावर कम्पनीहरुमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
१३ माघ २०८२, मंगलवार १५:०७

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २७२६ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ३३३ वटा कम्पनीहरुको शेयरमूल्य खरिद–बिक्री भएर १४ अर्ब १६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज राधि विद्युत कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँ, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ४३ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३९ करोड तीन लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।













