दोस्रो त्रैमासमा निर्जिवन बीमकको साढे २३ अर्बमाथिको व्यवसाय: शिखर अग्रस्थानमा, नेशनल र आरबीसिएल कमजोर बन्दै

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् ।
हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफ भएको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ।
यसअवधिसम्ममा शिखर इन्स्योरेन्सले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा २ अर्ब ७७ करोड रुपैयाँको कारोबार गर्न सफलभएको छ ।

दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ६१ करोड रुपैयाँको कारोबार गर्न सफल भएको छ।
तेस्रोमा हिमालयन एभरेष्ट रहेको छ । कम्पनीले यस अवधिसम्ममा २ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ।
यस अवधिमा सबैभन्दा कम कारोबार गर्नेमा नेशनल र राष्ट्रिय बीमा कम्पनी रहेको छ ।
नेशनल इन्स्योरेन्सले यसअवधिमा ६९ करोड र राष्ट्रिय बीमा कम्पनीले ५६ करोडको मात्रै कारोबार गरेका छन् ।












