६ महिनामा निर्जीवन लघुबीमा कम्पनीको ब्यवसाय ६२ करोड ६७ लाख, कुनको कति ?

१३ माघ २०८२, मंगलवार १७:०९

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ मा दोस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले ६२ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो ।

यसअवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन गर्न सफल भएको छ । ६ महिनाको अवधिमा कम्पनीले १७ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले यस अवधिमा १६ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । तेस्रोमा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले १५ करोड ५९ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्सले पनि आफ्नो बीमा व्यवसायलाई फैलाउँदै १३ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यी कम्पनीहरूले २ लाख ३० हजार ४९३ वटा बीमालेख जारी गरेर यो राशीको बीमाशुल्क आर्जन गरेका हुन् ।

पुष महिनामा मात्रै यी चार लघुबीमाले १३ करोड ७ लाख रुपैयाँको ब्यवसाय गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*