स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह

१३ माघ २०८२, मंगलवार १७:२०

काठमाडौं । स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।‘स्वास्थ्य बीमाको सही सदुपयोग गरौं’ भन्ने सन्देशसहित अनावश्यक परीक्षण र दुरुपयोग रोक्न सार्वजनिक अपिल गरेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमले दैनिक ५० हजार नागरिकलाई सेवा प्रदान गरेको छ । त्यसैगरी औसत ८ करोड बराबरको स्वास्थ्य खर्चको जोखिमबाट बचाइरहेको छ ।

सीमित स्रोतसाधनले कार्यक्रमलाई दिगो बनाउन सबैको आवश्यक रहेको उल्लेख गर्दै बोर्डले सेवाग्राहीलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणका लागि दबाब नदिन र बीमाको दुरुपयोग नगर्न अनुरोध गरेको छ ।
यसैगरी, सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई पनि औचित्यका आधारमा मात्र चेकजाँच, ल्याब परीक्षण तथा उपचार निर्देशन दिएको छ । बोर्डले जारी गरेका निर्देशिका, कार्यविधि तथा परिपत्रहरूको पूर्ण कार्यान्वयन सेवाप्रदायक स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

बोर्डले लामो समयदेखि भुक्तानी नदिएको भन्दै त्रिवि शिक्षण अस्पताल, गंगालाल लगायतका अस्पतालले सेवा बन्द गरेको छन् । सेवा सुचारू गर्न बोर्डले निरन्तर पहल गरेको जानकारी दिएको छ ।

स्वास्थ्य बीमा ऐन, २०७४ र नियमावली, २०७५ अनुसार सञ्चालित यो कार्यक्रमले नेपालमा सर्वव्यापी स्वास्थ्य पहुँच हासिल गर्न तथा दिगो विकास लक्ष्य प्राप्तिमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको छ ।

सामाजिक ऐक्यबद्धताको सिद्धान्तअनुसार वित्तीय सुरक्षा सुनिश्चित गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अधिकतम प्रयास गरिरहेको बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*