एभरेष्ट बैंकको आम्दानीसँगै नाफा बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो?

१४ माघ २०८२, बुधबार ०८:१२

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू चालू आवको सोही अवधिमा बैंकको खुद नाफामा वृद्धि भएको हो।

बैंकले गत आवको पुस मसान्तसम्म २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको पुस मसान्तसम्म २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगको वित्तीय विवरणले देखाएको छ।

त्यसैगरी चालू आवमा बैंकको ब्याज आम्दानीको साथसाथै कुल सञ्चालन आम्दानीमा समेत वृद्धि भएको देखिएको छ। बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँबाट करीब ६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुग्दा कुल सञ्चालन आम्दानी ५ अर्ब २९ करोड ९३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ पुगको छ।

आम्दानीमा वृद्धि भएपछि बैंकको सञ्चालन नाफामा पनि वृद्धि भएको छ। गत आवको पुस मसान्तसम्म बैंकले ३ अर्ब १० करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा गरेकोमा चालू आवको पुस मसान्तसम्म बढेर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३२.०६ रुपैयाँबाट सामान्य घटेर ३०.८६ रुपैयाँमा झरेको छ भने खराब कर्जा (एनपीएल) ०.६६ प्रतिशतबाट सामान्य बढेर ०.६८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ। चालू आवको पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ रहको तथ्यांकले देखाएको छ।

चुक्ता पूँजी १३ अर्ब ७२ करोड २१ लाख रुपैयाँ रहेको यस बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ३४ करोड २८ लाख रुपैयाँ र रिजर्भ कोषमा १४ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ४ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब ३६ अर्ब ४२ करोड रुपेयाँ निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*