उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना

१४ माघ २०८२, बुधबार ०९:१५

काठमाडौं । हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको कारण उच्च पहाडी र हिमाली भागमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ। साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेश र कोशी प्रदेशका पहाडी भागका केही स्थानमा र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी भागको मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*