बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष पौडेलले आजदेखि दैनिक २ घण्टा काम गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त चन्द्रकला पौडेलले हिजो पदभार ग्रहण गरिसकेकी छिन् । पदभार ग्रहणसँगै पौडेलले आजदेखि नियमित व्यवस्थापकीय कामको जिम्मेवारी सम्हाल्ने भएकी छिन् ।
नेपाल बीमा प्राधिकरणको जिम्मेवारी सम्हाल्दै उनले आजदेखि नियमित २ घण्टा समय दिन सक्ने बताएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेलले मन्त्रालयको समयसिमालाई मध्यनजर गरेर दैनिक दुई घण्टा समय दिने प्रतिवद्धता जनाएका छन् ।
यसअघि फत्तबहादुर केसी अध्यक्ष रह्दा प्राधिकरणमा सरकारकोतर्फबाट संचालकको जिम्मेवरी पाईसकेकी पौडेले बीमा ऐन निमार्णको समयमा पनि नजिक बसेर काम गरिसकेकी बताएकी छिन् ।
मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् ।माघ १३ गतेको मन्त्रिपरिषद् बैठकले पौडेललाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
यसअघि अर्थ मन्त्रालयका सहसचिव जनकराज शर्मालाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । त्यो जिम्मेवारीबाट शर्मा स्वइच्छाले बाहिरिएपछि सरकारले सचिव पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो । प्राधिकरणको अध्यक्ष बन्न सहसचिवको योग्यता नपुग्ने विषयमा विवाद भइरहेको छ । त्यसपछि सरकारले यसपटक सचिवलाई अध्यक्षको जिम्मेवारी दिएको छ । पौडेल समेत यसअघि अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा चारजनाले जिम्मेवारी सम्हालिसकेका छन् ।












