दोस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ९४ अर्बमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा ९४ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा सो मात्राको बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।यस अवधिसम्ममा नेपाल लाइफले सर्वाधिक कारोबार गर्न सफल भएको छ। कम्पनीले दोस्रो त्रैमाससम्मा २५ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएको छ।
दोस्रोमा नेशनल लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा ११ अर्ब ३७ करोड रुपैयाँ बीमाशुल्क अर्जान गर्न सफल भएको छ।
तेस्रोमा एलआईसी नेपाल रहेको छ। कम्पनीले यस अवधिसम्ममा १० अर्ब २२ करोड रुपैयाँ र चौथौमा हिमालयन लाइफ रहेको छ। कम्पनीले यस अवधिसम्ममा ८ अर्ब ६२ करोड रुपैयाँ बराबरको व्यवसाय गर्न सफल भएको छ ।













