६ महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन साढे २१ अर्ब, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४ करोड नयाँ व्यवसाय गरेका हुन् ।
विवरण अनुसार पुष मसान्तसम्ममा नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल लाइफले ५ अर्ब ९९ करोड र नेशनल लाइफले ३ अर्ब १० करोड नयाँ ब्यवसाय आर्जन गरेका हुन् ।
त्यस्तै, समिक्षा अवधिसम्मा एलआईसी नेपालले १ अर्ब ६८ करोड, सूर्यज्योति लाइफले १ अर्ब ४४ करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड, हिमालयन लाइफले १ अर्ब १६ करोड, एशियन लाइफले १ अर्ब १३ करोडढ, आइएमई लाइफले १ अर्ब १० करोड र सानिमा रिलायन्सले १ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।
दोस्रो त्रैमाससम्ममा प्रथम बीमा शुल्क आर्जन रिलायबल नेपालको ९७ करोड ४३ लाख, प्रभु महालक्ष्मीको ७९ करोड ८७ लाख, मेट लाइफको ७५ करोड ८४ लाख, राष्ट्रिय जीवन बीमाको ६१ करोड ९९ लाख र सन नेपाल लाइफको ५५ करोड १८ लाख रुपैयाँ रहेको छ ।













