रिज लाइन इनर्जीको आईपीओ बाँडफाँडः स्थानिय सबै आवेदकले पाए शेयर, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले पहिलो चरणमा पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आईपिओ बाँडफाँड गरेको छ । आईपीओमा ४ हजार ६९ जनाको आवेदन परेकोमा ४ हजार ४३ जनाको मात्र आवेदन योग्य भएका थिए । सबै आवेदकले शेयर पाएका छन् । १० कित्तादेखि ५५० कित्ता शेयर माग गरेर आवेदन दिने सबैले माग अनुसार शेयर पाएका हुन् ।
६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेले समान ५९० कित्ता, ६०० कित्ता देखि २० हजार कित्तासम्मको लागि आवेदन दिनेलाई गोलाप्रथामा सहभागी गराएर थप १० कित्ता शेयर बाँडफाँड गरिएको छ, जुन ५५३ जनाले पाएका छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४२ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस निष्काशनमा कुल ७८ हजार ३ सय ४६ जनाले आवेदन दिएकोमा ७० हजार ७ सय ७८ जनाको आवेदन मात्र योग्य भएको थिए । जसमा १४ हजार २२० जनाले १०।१० कित्ताको दरले शेयर पाएका छन् ।
आईपीओ नतिजा यी तीन तरिकाबाट हेर्ने सकिन्छ
सीडीएस एन्ड क्लियरिङले रिजल्ट हेर्न बनाएको वेबसाइटबाट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://www.prabhucapital.com/ipo-allotment
मेरो शेयरबाट: https://meroshare.cdsc.com.np/#/login












