हाइड्रोपावरमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको उच्च कारोबार

१४ माघ २०८२, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.३८ अंकले बृद्धि भएर २७३१.८९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा आज आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ८३ करोड ५७ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको छ ।

त्यस्तै, राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँ, एसवाई प्यानलको ४९ करोड ८८ लाख रुपैयाँ, रिभर फल्स पावरको ३० करोड ७३ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*