चुनावबारे कूटनीति नियोगलाई जानकारी गराउने परराष्ट्र मन्त्रालयको निर्णय

१४ माघ २०८२, बुधबार १७:५४

काठमाडौं। परराष्ट्र मन्त्रालयले नेपालको चुनावबारे कूटनीतिक नियोग तथा राजदूतावासलाई जानकारी गराउने भएको छ । भोलि बिहीबार परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी कूटनीति नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई निर्वाचनबारे जानकारी गराइने परराष्ट्र मन्त्रालयले जनाएको हो ।

फागुन २१ गते प्रतिनिधि सभाको चुनावको तयारी, सहयोग र सद्भावबारे भोलि परराष्ट्र मन्त्री बालानन्द शर्माले ब्रिफिङ गर्ने बताइएको छ । उक्त कार्यक्रममा निर्वाचन आयोगका प्रतिनिधिसमेत रहने मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रधाननमन्त्री सुशीला कार्कीले यसअघि नै नियोगका प्रतिनिधि तथा राजदूतहरूलाई बोलाएर छलफल गरी सहयोगका लागि आग्रह गरिसकेकी छन् । सहयोगका लागि प्रतिबद्धता आएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*