ग्लोबल आइएमई बैंकले ६ महीनामा कमायो ३ अर्ब २५ करोड नाफा, अन्य वित्तीय सूचक कस्तो?

१५ माघ २०८२, बिहीबार ०७:३८

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म (साउनदेखि पुस मसान्तसम्म) ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले आजै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ।

उक्त वित्तीय विवरण अनुसार बैंकले गत आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। जुनको तुलनामा चालू आवको खुद नाफा ६.५० प्रतिशत बढी हो। यद्यपि चालू आवमा बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य संकुचन देखिएको तथ्यांकले देखाएको छ।

बैंकले गत आवको पुस मसान्तसम्म ८ अर्ब २९ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म ३.३३ प्रतिशतको गिरावट सहित ८ अर्ब २ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाउनल सफल भएको छ।

यद्यपि समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी भने १० अर्ब ३८ करोड ३९ लाख रुपैयाँबाट ४.६९ प्रतिशतले बढेर १० अर्ब ८७ करोड ९ लाख रुपैयाँ पुगेको छ। योसँगै बैंकको सञ्चालन नाफा ४ अर्ब २० करोड ४२ लाख रुपैयाँबाट बढेर ४ अर्ब २७ करोड ६३ लाख रुपैयाँ पुगेको छ।

यता बैंकको प्रतिशेयर आम्दानी १६.०२ रुपैयाँबाट सामान्य बढेर १७.०६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.८६ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १७५.२९ रुपैयाँ र मूल्य आम्दानी अुनपात १३.२४ गुणा रहेको छ।

चुक्ता पूँजी सबैभन्दा धेरै ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको यस बैंकको रिटेन्ड अर्निङमा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब २७ करोड ८ लाख रुपैयाँ रहेको छ। बैंकले ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरी ६ खर्ब ५ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*