नबिल बैंकको मुनाफामा लोभलाग्दो सुधारः नाफा ४ अर्ब ७५ करोड, अन्य सूचकको अवस्था कस्तो ?

१५ माघ २०८२, बिहीबार ०७:३७

काठमाडौँ । नबिल बैंक लिमिटेडको मुनाफामा उच्च सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो सुधार देखिएको हो ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको मुनाफा ४ अर्ब ७५ करोड ९६ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.७१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

पुष मसान्तसम्मको अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशतले ८ अर्ब ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ७ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

यता, बैंकको सञ्चालन मुनाफा २६.९५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुष मसान्तसम्ममा ५ अर्ब १७ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा रहेकोमा बढेर ६ अर्ब ५७ करोड २६ लाख रुपैयाँ पुगेको हो ।

समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७३ प्रतिशतले बढेर ३ अर्ब २७ करोड ३० लाख, खुद फि तथा कमिशन आम्दानी ६.६१ प्रतिशतले बढेर १ अर्ब ६१ करोड, चुक्ता पूँजी १८.४८ प्रतिशतले बढेर ३२ अर्ब ५ करोड ६९ लाख, जगेडा कोषमा ३६ अर्ब ७० करोड रुपैयाँ सञ्चित रहेको छ ।

पुष मसान्तसम्मको अवधिमा बैंकको खराब कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.२५ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ३५.०४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २३५.६४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*