दोस्रो त्रैमाससम्ममा कस्तो छ लक्ष्मी सनराइजको वित्तीय अवस्था ?

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा ऋणात्मक रहेको हो ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २७ करोड ३६ लाख रुपैयाँ ऋणात्मक हरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि इम्पेरमेन्ट चार्ज उल्लेख्य बढ्दा नाफा प्रभावित भएको देखिन्छ ।
६ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी १ प्रतिशतले बढेर ५ अर्ब २४ करोड ९० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ५ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
यसअवधिमा बैंकको सञ्चालन आम्दानी समेत ऋणात्मक रहेको छ । बैंकको सञ्चालन आम्दानी १ अर्ब १६ करोड २० लाख रुपैयाँ घनात्मक रहेकोमा अहिले घटेर १५ करोड ९८ लाख रुपैयाँ ऋणात्मक रहेको हो ।
समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशतले बढेर १ अर्ब १८ करोड, इम्पेरमेन्ट चार्ज १ अर्ब ७९ करोड ३० लाख रुपैयाँबाट ऋणत्मक रहेकोमा घटेर ४ अर्ब ४७ करोड ३० लाख रुपैयाँ ऋणात्मक बन्न पुगेको छ।
पुष मसान्तसम्मको अवधिमा बैंकको चुक्तापूँजी १० प्रतिशतले बढेर २६ अर्ब ७८ करोड, जगेडा कोषमा १७ अर्ब ७३ करोड रुपैयाँ सञ्चिति, वितरणयोग्य मुनाफा ८४ करोड २७ लाख ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिशत पुगेको छ ।
यता, बैंकको प्रतिशेयर आम्दानी २.४ रुपैयाँ ऋणात्मक रहेको छ। भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ २३ पैसा रहेको छ।












