नेपाल एसबिआई बैंकको नाफा १४.५६ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

१५ माघ २०८२, बिहीबार १०:१०

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा १४.५६ प्रतिशतले बढेको छ। बैंकको खुद नाफा ९० करोड २ लाखबाट बढेर १ अर्ब ३ करोड १३ लाख रुपैयाँ पुगेको हो।

त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुस मसान्तसम्म बैंकको आम्दानीमा पनि बढेको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब २९ करोड ३३ लाखबाट बढेर २ अर्ब ५६ करोड १० लाख रुपैयाँ पुगेको छ भने खुद फी तथा कमिशन आम्दानी ५६ करोड ३५ लाखबाट बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी २ अर्ब ९८ करोड ८५ लाख रुपैयाँबाट बढेर ३ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि १ अर्ब ३३ करोड ८१ लाख रुपैयाँबाट बढेर १ अर्ब ४७ करोड १३ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १६.५२ रुपैयाँबाट बढेर १८.९३ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ३.५५ प्रतिशतबाट घटेर २.६४ प्रतिशतमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९३.१० रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २० करोड १३ लाख रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १० अर्ब ८९ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ र रिजर्भमा ८ अर्ब ९४ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकले करीब १ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १६ अर्ब १० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*