रिज लाइन इनर्जीले माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने, सबैले आवेदन दिन पाउने

१५ माघ २०८२, बिहीबार १०:१५

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री आवेदन खुला गर्ने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि ११ लाख ८० हजार २६० कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ७१ हजार १ सय कित्ता कित्ता र कर्मचारीहरुका लागि २८ हजार ४४० कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते हुनेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*