वित्तीय सूचांकमा बलियो बन्दै ईङवा हाईड्रोपावर, दुई महिनामा डेढ करोड मुनाफा

काठमाडौं । ईङवा हाईड्रोपावर लिमिटेडले करिव डेढ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बिहीबार प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले १ करोड ३५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २९ लाख ९६ हजार रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । अघिल्लो आवमा १३ करोड १ लाख रहेको विद्युत बिक्री आम्दानी बढेर १५ करोड ५० लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च घटेको छ । वित्त खर्च ७ करोड २ लाखबाट घटेर ५ करोड ९६ लाखमा झरेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीको कुल चालु सम्पत्ति १४ करोड २३ लाख र कुल चालु दायित्व २१ करोड ३० लाख रहेको छ । यस्तै कम्पनीको प्रतिशेयर आम्दनी(ईपीएस) ४.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२१.४५ गुणा र तरलता अनुपात ०.६७ प्रतिशत कायम भएको छ ।












