बानेश्वरको शंखमूलमा टेम्पो र दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते
१५ माघ २०८२, बिहीबार १३:४८

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित शंखमूलमा टेम्पो र दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटना बिहीबार दिउँसो पौने १ बजेको समयमा भएको हो।
दुर्घटनामा एक जना मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको र उपचार आवश्यक नरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा टेम्पोको अगाडिको सिसा फुटेको छ भने दुवै मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।
घटनापछि प्रहरीले टेम्पो चालक तथा दुवै मोटरसाइकल चालकलाई सोधपुछका लागि नजिकैको प्रहरी चौकीमा लगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












