बानेश्वरको शंखमूलमा टेम्पो र दुई मोटरसाइकल ठोक्किँदा एक जना घाइते

१५ माघ २०८२, बिहीबार १३:४८

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित शंखमूलमा टेम्पो र दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटना बिहीबार दिउँसो पौने १ बजेको समयमा भएको हो।

दुर्घटनामा एक जना मोटरसाइकल चालक सामान्य घाइते भएका छन्। घाइतेको अवस्था सामान्य रहेको र उपचार आवश्यक नरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा टेम्पोको अगाडिको सिसा फुटेको छ भने दुवै मोटरसाइकलमा सामान्य क्षति पुगेको छ।

घटनापछि प्रहरीले टेम्पो चालक तथा दुवै मोटरसाइकल चालकलाई सोधपुछका लागि नजिकैको प्रहरी चौकीमा लगेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*