स्वावलम्बन लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्ने
१६ माघ २०८२, शुक्रबार ०८:५९

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिवर्तन गर्ने भएको छ।
हाल संस्थापक र सर्वसाधारण शेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ कायम गर्ने भएको हो।
शेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा कुनै संस्थापक शेयरधनीको फरक धारणा भएमा आगामी ६ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिन आग्रह गरेको छ। उक्त अवधिभित्र निवेदन प्राप्त नभएमा शेयर संरचता परिवर्तको प्रक्रिया अघि बढ्ने कम्पनीले जनाएको छ।












