नेपाल टेलिकममा ८० जनाको लागि जागिर खुला, शैक्षिक योग्यता कति ?

१६ माघ २०८२, शुक्रबार ११:०३

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले विभिन्न पदमा स्थायी कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। कम्पनीले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न लागेको हो।

टेलिकमले जुनियर टेक्निसियन (तेस्रो तह) देखि उपप्रबन्ध (नवौँ तह) सम्मका १२ वटा पदमा ८० जना कर्मचारी नियुक्त गर्ने जनाएको छ। भर्ना प्रक्रिया लोक सेवा आयोगको सहकार्यमा सञ्चालन गरिनेछ।

इच्छुक तथा योग्य उम्मेदवारले अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद आउँदो फागुन ७ गतेसम्म तोकिएको छ। सो म्यादभित्र आवेदन दिन छुटेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सक्ने व्यवस्था गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*