‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेपाल लाइफ एमडीआरटी एचिभर्स अवार्ड–२०२६’ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पोखरा ग्राण्डमा सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका अभिकर्ताहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले सम्पूर्ण अभिकर्ताहरुको मिहिनेत र परिश्रमको कदर गर्दै आउँदो दिनमा अझै पनि विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट सहभागिता जनाएका अभिकर्ताहरुले एकदमै उत्साहका साथ नाचगान गरी रमाएका थिए ।

कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेलले अभिकर्ताहरुलाई विशेष रुपमा हौसला प्रदान गर्दै आउँदो दिनमा पनि विभिन्न अभिकर्तामुखि कार्यक्रमहरु ल्याउने जनाएका छन् । यस वर्ष नेपाली जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ता सबैभन्दा बढी छनौट भएका छन् ।
नेपाल लाइफका अभिकर्ताहरुले पोखराका विभिन्न पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेर सो क्षेत्रका सामाजिक तथा आर्थिक वातावरणको बारेमा बुझ्ने मौका समेत पाएका छन् । उपस्थित अभिकर्ताहरुले कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै आउँदो दिनमा अझै उत्साहपूर्ण तरिकाले व्यवसाय गर्ने अभिव्यक्ति दिएका छन् ।













