बालेनको घरमा चोरी शंकास्पद, गोप्य गेमप्लानको फर्दाफास त हुँदैन ?

काठमाडौं । आफूलाई भविष्यको प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा होमिएका काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र साहको घरमा भएको चोरी रहस्यामय देखिएको छ ।
एकातिर साहको चुनावी दौडाहा टोलीका जना व्यक्ति संकास्पद तरिकाले बिरामी पर्नु र उनको घरमा चोरी हुनु जस्ता घटनाहरु एक पटक भएका छन् । पहिलो पटक रवि लामिछाने चितवनबाट उम्मेदवार बन्दा पनि एक जना सवारी चालकको रहस्यमय तरिकाले मृत्यु भएको थियो ।
रास्वपाका बरिष्ठ नेता तथा साहको मण्डिखाटारस्थित घरमा शुक्रबार चोरी भएको हो । चोरी भएको घटना र चोरिएका सामानहरुका अनुसार सिसी टिभीको भिडियो रेकर्डर मेशिन समेत चोरी भएको छ । बालेन्द्र साहको घरको सिसी टिभी भिडियो निकै नै महत्वपूर्ण ठानेर चोरहरुले योजनाबद्ध चोरी गरेको हुनसक्ने देखिएको छ ।
संविधानको निर्वाचनको बेला २०६४ सालमा तत्कालिन माओवादीका नेता प्रचण्डको एउटा सनसनीपूर्ण भिडियो माओवादी शिविरबाट विदेशी एजेन्टले किनेर टेलिभिजनमार्फत प्रशारण गराएर चुनाव प्रभावित पार्न खोजेको थिए । अहिले त्यस्तै गरी बालेन शाहको घरको सिसी टिभी चोरी गरेर कुनै ठूलो गोप्य गेमप्लान बाहिल ल्याउन लागिएको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।
हालसम्म सेक्रेट र गोप्य रुपमा काम गर्दै आएका बालेनको घरको सिसी क्यामेराको हार्ड डिस्क यतिबेला चुनाव प्रभावित पार्न निकै अर्थपूर्ण हुने गर्दछ । चोरले बाथरुमका धारा, सिसी टिभीको सेट चोरी गर्नुले चोरले धनसम्पत्ति भन्दा पनि गोप्य सूचना र बालेनको आवतजावतको तथ्य प्रमाणहरु चोरी गरेको देखिन आएको छ ।












