पेट्रोलियम पदार्थको मूल्य बढ्यो

१७ माघ २०८२, शनिबार २०:५५

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । आइतबार देखि लागु हुने गरी मूल्य बढाइएको हो ।

निगमले डिजेलरमट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ माघ १७, २०८२ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु। ०।१२, डिजेलमा रु। ४।६६ र एलपी ग्यासमा सिलिन्डर रु। ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु। १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*