सामुदायिक लघुवित्तको गोष्ठी तथा कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न

१८ माघ २०८२, आईतवार १२:५५

काठमाण्डौं । नेपाल राष्ट्र बैंकद्वारा ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त सामुदायिक लघुवित्त संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो अर्ध–वार्षिक समीक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय संस्थाको केन्द्रीय कार्यालयको आयोजनामा काभ्रेको बनेपामा रहेको उग्रचण्डी होटलमा मिति माघ १५ गतेमा शुरु भएको कार्यक्रम माघ १७ मा सम्पन्न भएको हो।

तीन दिन लगाएर सम्पन्न भएको सो अर्ध वार्षिक समीक्षा तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा संस्थाको ४४ वटै शाखाको शाखा कार्यालय प्रमुख तथा १० वटा क्षेत्रको क्षेत्रीय प्रमुखहरूले आर्थिक वर्ष २०८२/८३ को कार्यक्रमको प्रगतिको समीक्षा गरेका थिए भने आगामी छ महीनाको लागि रणनीतिक योजना तय गरेका थिए।

प्रस्तुतीकरणको समयमा शाखा कार्यालय सञ्चालनको क्रममा आएको समस्या राखिएको थियो भने सो समस्याहरू उपर वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत दिलीप कुमार पोखरेल र नायव प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगरले आवश्यक मार्ग दर्शन समेत गरेका थिए।

कार्यक्रमको दोस्रो सत्रमा कर्जा असुली विभागले भाखा नाघेको कर्जा असुलीको सम्बन्धी तालीम प्रदान गरेको थियो। कर्जा असुली विभागको विभागीय प्रमुख ललित कुमार रालव तथा नारायण अधिकारीले कर्जा भाखा नाघ्नुको कारण तथा असुली व्यवस्थापन सम्बन्धमा आउने समस्या र समाधानको रणनीतिक योजना सम्बन्धी तालीम दिएका हुन्।

तीन दिनको अर्ध–वार्षिक समिक्षा गोष्ठी तथा भाखा नाघेको कर्जा असुली व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रममा ४४ वटा शाखा कार्यालयका शाखा प्रमुख, १० वटा क्षेत्रीय कार्यालय क्षेत्रीय कार्यालय प्रमुख र केन्द्रीय कार्यालयको विभाग प्रमुखहरू गरी ७५ जनाको उपस्थिति रहेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*