नेप्से सूचक १९ अंकले घट्यो, कारोबार ९ अर्बमाथि

१८ माघ २०८२, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० को विन्दुमा झरेको छ। यस दिन ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

आज ट्रेडिङ उपसूचक बाहेक अन्य १२ वटै उपसूचकमा गिरवाट देखिएको छ। आज होटल तथा पर्यटन उपसूचक सबैभन्दा धेरै १.७५ प्रतिशतले र हाइड्रोपावर उपसूचक १.३६ प्रतिशतले घटेको छ। ट्रेडिङ उपसूचक भने ०.५५ प्रतिशतले वृद्धि भएको छ।

नेप्से घटे तापनि मिथिला लघुवित्तको शेयरमूल्य ९.७० प्रतिशतले बढेको छ भने क्रेष्ट माइक्रो लाइफको ८.१९ प्रतिशतले बढेको छ। त्यस्तै एनआईबीएल ग्रोथ फण्डको मूल्य ६.५१ प्रतिशतले बढ्दा शिवश्री हाइड्रोपावरको ६.०७ प्रतिशतले बढ्न पुगेको छ। आँखुखोला जलविद्युत, युनियन हाइड्रोपावर, हुर्जा, सिन्धु विकास बैंक, १०.५०% एभरेष्ट बैंक डिबेन्चर २०८५ र पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक बढेको छ।

यता कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। यसदिन बैंकको शेयरमूल्य १० प्रतिशतले घटेको हो। त्यस्तै रावा इनर्जीको ९.३४ प्रतिशतले घटेको छ भने कालिका पावरको ७.३५ प्रतिशतले घटेको छ। हिमस्टार ऊर्जाको ६.६५ प्रतिशत, तेह्रथुम पावरको ६.३७ प्रतिशत, शुभम पावरको ५.५९ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*