आँखुखोला जलविद्युत र एसवाई प्यानलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

१८ माघ २०८२, आईतवार १५:१२

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक घटेको छ भने कारोबार ९ अर्ब रुपैयाँ माथिको भएको छ। आज आँखुखोला जलविद्युतको मात्रै ५५ करोड ५२ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

त्यसैगरी एसवाई प्यानलको ५३ करोड ६४ लाख रुपैयाँ, राधी विद्युतको ३८ करोड ९८ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३१ करोड ३९ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २८ करोड २८ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड २२ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ।

त्यसैगरी बन्दीपुर केवलकारको १८ करोड ८ लाख रुपैयाँ, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको १७ लाख ९८ हजार र मञ्जुश्री फाइनान्स लिमिटेडको १९ लाख ९५ हजार रुपैयाँभन्दा माथिको शेयर खरीद बिक्री भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*