रवि लामिछानेको ड्राइभर र बालेनका पत्रकारको शंकास्पद मृत्यु छानविन किन हुँदैन ?

१८ माघ २०८२, आईतवार १६:०५

काठमाडौं । २०८० साल बैशाख १० मा चितवन क्षेत्र नं २ मा हुन लागेको उप निर्वाचनको क्रममा रास्वपाका अध्यक्ष रवि लामिछानेको सवारी चालक दिल बहादुर थापाको लडेर निधन भयो । २०८० बैशाख १० गते लामिछाने बसेकै होटलबाट लडेका थापालाई बैशाख १९ गते मेडसिटी अस्पतालमा मृत घोषित गरिएको थियो । अहिले यही फागुन २१ गतेको निर्वाचन लक्षित प्रचारमा निस्केका रास्वपाका बरिष्ठ नेता बालेन शाहका प्रचार टिमका सदस्य तथा चलचित्र पत्रकार दिनेश सिटौलाको आज निधन भएको छ ।

जब जब निर्वाचन नजिक आउँत तब तब रास्वपाका बरिष्ठ नेताका निकटका व्यक्तिहरु किन मारिन्छन् ? आशंका उत्पन्न हुन आएको छ । गत शुक्रबार एक्कासी लडेर ब्रेन ह्यामरेज भएपछि उपचारको क्रममा आज चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको घट्नाले आम नागरिकहरु चितवनमा मृत्युवरण गरेका रवि लामिछानेका सवारी चालक शम्भु थापालाई सम्झन पुगेका छन् ।

पत्रकार सिटौलाको निधनलाई निर्वाचनमा अत्याधिक धपेडी र तनावका वा अन्य कुनै कारणबाट बेहोस भई भुईमा ढल्दा टाउकोमा चोट लाग्न पुगी मस्तिष्कमा असर परेको प्रारम्भिक तथ्य बाहिर आएको छ ।

रास्वपाको चुनावी दौडाहामा रहेका टोलीमाथि सुरक्षा चुनौति बढेको वा यस्ता घटना सयोगक के हुन ? गम्भिर छानविन गर्नेतर्फ ध्यान दिने हो कि ?

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*