अंकित मूल्यमै त्रुटि देखिएपछि सूर्यकुण्ड हाइड्रोको आईपीओ प्रक्रिया स्थगित

१८ माघ २०८२, आईतवार १६:१०

काठमाडौँ ।  सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आवेदन प्रक्रिया प्राविधिक कारणले तत्कालका लागि अवरुद्ध भएको छ। शेयर निष्कासन क्रममा मूल्यसम्बन्धी त्रुटि देखिएपछि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले ‘मेरो शेयर’ प्रणालीबाट उक्त कम्पनीको आईपीओ हटाएको हो।

निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी पाएको कुमारी क्यापिटल लिमिटेडका अनुसार, सी–आस्वा प्रणालीमा सेयरको अंकित मूल्य गलत रूपमा प्रविष्ट हुँदा समस्या उत्पन्न भएको हो। प्रतिकित्ता शेयरको मूल्य १०० रुपैयाँ हुनुपर्नेमा प्रणालीमा १० रुपैयाँ मात्र देखिएपछि आवेदन खुला भएको थियो।

उक्त त्रुटि सच्याउन आवश्यक परेपछि सीडीएससीसँगको सहकार्यमा आवेदन प्रक्रिया अस्थायी रूपमा रोकिएको क्यापिटलले जनाएको छ।

कम्पनीले सर्वसाधारणका लागि ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर जारी गरेको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*