बैंकिङदेखि डिजिटल भुक्तानीसम्म पहुँच विस्तार, राष्ट्र बैंकको प्रतिवेदनमा के छ ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालमा वित्तीय सेवामा सर्वसाधारणको पहुँच र सहभागिता उल्लेखनीय रूपमा विस्तार भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको वित्तीय समावेशन सूचकांकले देशको वित्तीय समावेशन स्तर अघिल्लो वर्षको तुलनामा बढेको देखाएको हो ।
आर्थिक वर्ष २०८१।८२ मा नेपालको वित्तीय समावेशन सूचकांक ०.५३ मा पुगेको छ, जुन गत वर्ष ०.४७ मा सीमित थियो ।
सूचकांकका तीनवटै आधारभूत आयाममा सकारात्मक परिवर्तन देखिएको छ । वित्तीय पहुँचतर्फ हेर्दा सूचकांक ०.५३ पुगेको छ, जसले देशभर बैंक तथा वित्तीय संस्था, शाखा, सेवा केन्द्र र डिजिटल वित्तीय माध्यमहरूको दायरा बढ्दै गएको छ ।
त्यसैगरी, वित्तीय सेवा उपयोगसम्बन्धी सूचकांक ०.५४ पुगेको छ । नागरिक तथा घरपरिवारहरूको बैंक खाता सञ्चालन, डिजिटल भुक्तानी, बीमा तथा अन्य वित्तीय सेवामा संलग्नता विस्तार भइरहेको कुरा उक्त प्रतिवेदनमा उल्लेख गरेको छ ।
वित्तीय सेवाको गुणस्तर मापन गर्ने सूचकांक पनि ०.५० मा पुगेको छ ।
FInancial-Inclusion-Index-2025











