आज पनि सुनको मूल्यमा भारी गिरावट, अब प्रतितोला कति?

१९ माघ २०८२, सोमबार १०:५१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ। अघिल्लो दिन पनि सुन प्रतितोला १८ हजार ८०० रुपैयाँले घटेको थियो।

यस दिन छापावाला सुन प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*