फर्जी बीमा अभिकर्ता परिक्षार्थीमाथि निगरानी राख्दै प्राधिकरण, ३० जना परे कारवाहीमा

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीमा बीमा अभिकर्ता बन्नका लागि परिक्षा दिने परिक्षार्थीमाथि सुक्ष्म निगरानी राख्न थालेको छ । यसअघि ११ जना फर्जी परिक्षार्थीमाथि कारवाही प्रकृया अघि बढाएको प्राधिकरणले दोस्रो चरणमा १९ जना फर्जी परिक्षार्थीमाथि कारवाही अघि बढाएको छ ।
बीमा प्राधिकरणले अनलाईन परिक्षामा अभिकर्ताहरुले अनियमित कार्य गरेको कारण सो बमोजिम हामलसम्म ३० जना अभिकर्तालाई कारवाही गरिसकेको छ ।
प्राधिकरणबाट सञ्चालित बीमा अभिकर्ताको अनलाइन परीक्षामा देहायका परीक्षार्थीहरुले प्रणालिमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्ति भन्दा फरक व्यक्ति परीक्षामा सहभागी भई परीक्षा दिदै गरेको अवस्थामा परीक्षा निरीक्षण गर्न खटिएको निरीक्षण समुहले भेटेको हुँदा प्राधिकरणको निर्णयानुसार बीमा मध्यस्थकर्ता ९अभिकर्ता० परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा ९५० बमोजिम परीक्षा रद्द गरी उपदफा ९६० बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाउने गरी परिक्षार्थीमाथि निगरानी राखिएको छ।












