रास्वपाका बरिष्ठ नेता बालेनलाई दोस्रो पटक निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

१९ माघ २०८२, सोमबार १६:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन साहलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । झापा–५ बाट उम्मेद्वारी दिएकाले साहलाई निर्वाचन आचारसंहिता उल्लघन गरेको भन्दै तीन दिने स्पष्टीकरण सोधेको हो ।

सादा पोसाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजको श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*