हुलास फिनसर्भको नाफा शतप्रतिशतले वृद्धि, कर्जा पोर्टफोलियो दोब्बर भन्दा बढी

१९ माघ २०८२, सोमबार १६:४१

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफा ९९ प्रतिशतले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२ पुस ३० सम्मको दोस्रो त्रैमासिकमा खुद नाफा ९९.३३ प्रतिशत अर्थात १३ करोड ४४ लाख रुपैयाँ पुगेको कम्पनीले सार्वजनिक गरेको अनअडिटेड वित्तीय विवरणमा उल्लेख छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा भने ६ करोड ७४ लाख मात्र थियो।

त्यस्तै कम्पनीले कर्जा तथा अग्रिम पोर्टफोलियोसमेत दोब्बरभन्दा बढी विस्तार गरेको छ। वित्तीय विवरणअनुसार यस अवधिमा १० अर्ब ६४ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको तुलनामा १०० प्रतिशतभन्दा बढीले वृद्धि भएको हो। ब्याज आम्दानी ४१ करोड ७७ लाख रुपैयाँ अर्थात २२०.०७ प्रतिशतले बढेको हो। लागत नियन्त्रण र जोखिम व्यवस्थापनमा सुधार गर्दै सञ्चालन नाफालाई २१ करोड ९९ लाख रुपैयाँसम्म पुर्‍याएको वित्तीय रिपोर्टमा उल्लेख गरिएको छ।

नन-पर्फर्मिङ लोन अनुपात ४.६८ प्रतिशतबाट घटेर ३.०५ प्रतिशतमा झरेको छ। यसले सम्पत्तिको गुणस्तरमा पनि कम्पनीले सुधार भएको देखाएको छ। कम्पनीले भनेको छ, ‘विगतभन्दा सुधारिएको रिकभरी प्रक्रिया र क्रेडिट अनुगमन प्रणाली महत्वपूर्ण भूमिका खेलेको छ, प्रमुख वित्तीय सूचकांकहरूमा पनि सकारात्मक सुधार आएको देखिएको छ।’

प्रतिशेयर आम्दानी ३२.३९ रुपैयाँ, इक्विटी प्रतिफल १६.५६ प्रतिशत र नेटवर्थ प्रतिशेयर खुद सम्पत्ति मूल्य १९५.६२ रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*