काठमाडौंको अल्टुरा कफी: गुणस्तरीय स्वाद, शान्त भेटघाट र सिर्जनात्मक अनुभवको नयाँ आयाम

१९ माघ २०८२, सोमबार १५:४२

काठमाडौं । नेपाली कफी कल्चरमा नयाँ आयाम थप्ने उद्देश्यका साथ ‘अल्टुरा कफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । पिक कफी हाउस प्रा.लि.ले काठमाडौंको तीनकुने, सुविधानगरमा सुविधा सम्पन्न उक्त कफी शप आइतबारबाट सञ्चालनमा ल्याएको हो ।

कफी पारखीहरूलाई गुणस्तरीय कफी र फरक स्वादको अनुभव दिन लक्ष्य राखेर सञ्चालनमा ल्याइएको अल्टुरा कफीले स्वदेशी तथा अन्तर्राष्ट्रिय स्वादलाई एकै स्थानमा प्रस्तुत गर्ने बताइएको छ । युवा उद्यमीहरूको समूहले संयुक्त रूपमा सुरु गरेको यो कफी शप केवल कफी पिउने स्थान मात्र नभई भेटघाट, सिर्जनात्मक छलफल र आरामदायी समय बिताउने थलोको रूपमा पनि रहेको सञ्चालक धिरन थापाले जानकारी दिए ।

‘सहरको व्यस्त जीवनशैलीबीच केही समय शान्त भएर बस्न, काम गर्न वा साथीभाइसँग गफिनका लागि उपयुक्त स्थानको रूपमा अल्टुरा कफी स्थापना गरिएको छ, उनले भने, ‘जसले विद्यार्थी, व्यावसायिक व्यक्ति तथा परिवार सबैलाई आकर्षित गर्ने अपेक्षा गरेका छौं भने गुणस्तर सेवा हाम्रो पहिलो प्राथमिकता बन्नेछ ।’

नयाँ रूपमा सुरु गरिएको अल्टुरा कफीमा क्यापुचिनो, लाटे, एस्प्रेसो, मोका लगायत विभिन्न प्रकारका कफीका साथै ताजा बेकरी आइटम, केक, पेस्ट्री, स्यान्डविच तथा हल्का भोजनको व्यवस्था रहको थापाले बताए । उनका अनुसार करिव एक करोडको रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको यो शपमा नेपाली पहाडी क्षेत्रका अर्गानिक कफी उपलब्ध रहने छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धनसँगै रोजगारी सिर्जनामा पनि महत्वपूर्ण योगदान पुर्याउदै आगामी दिनमा अल्टुरा कफीको शाखा विस्तार गर्ने योजना पनि सञ्चालक टिमको रहेको छ । ‘प्रारम्भिक चरणमा हामीले एउटा शप सञ्चालनमा ल्याएता पनि भविष्यमा मुख्य शहरी क्षेत्रमा शाखा विस्तार गर्दै जानेछौं, नयाँ तरिका अपनाई सञ्चालनमा ल्याएको यस शपबाट पाउने सेवा र स्वादमार्फत फरक पहिचान बनाउने छ भन्ने ठानेका छौं,’ उनले भने ।

शान्त वातावरण रहेको यो कफी सप भेटघाट र मनोरञ्जनको लागि उपयुक्त हुनुका साथै विद्यार्थी, व्यावसायिक व्यक्ति तथा फ्रीलान्सर आदिलाई लक्षित गर्दै निःशुल्क वाइफाइ, चार्जिङ स्टेशन जस्ता सुविधा पनि उपलब्ध गराइएको छ । उक्त कफी शप बिहान ७ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालनमा रहनेछ ।

फरक स्वाद, गुणस्तरीय सेवा र सृजनात्मक अवधारणासहित सञ्चालनमा आएको यस कफी शपले स्थानीय बजारमा सकारात्मक प्रभाव पार्ने थापाले बताउँदै धेरैले अल्टुरा कफीलाई नियमित गन्तव्य बनाउने विषयमा विश्वस्त रहेको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*