एसवाई प्यानल र यी हाइड्रोपावरमा दैनिक झुम्मिदै लगानीकर्ता, कसको कति कारोबार ?

२० माघ २०८२, मंगलवार १५:०७

 

काठमाडौं । साता कारोबारको तेस्रो दिन अथात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १२.५८ अंकले घटेर २६८३ को बिन्दुमा कायम भएको हो ।

शेयर बजारमा आज एसवाई प्यानलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ५९ करोड २९ लाख रुपैयाँले सबैभन्दा बढी कारोबार भएको हो । साथै, आँखुखोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ, युनियन हाइड्रोपावरको ३२ करोड २२ लाख रुपैयाँ, पिपल्स पावरको २५ करोड सात लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*