नेपाल लाइफको ‘सुपर टर्म लाइफ’ पोलिसीः वार्षिक ७२५ रुपैयाँ प्रिमियम, २० लाखसम्मको बीमा

२१ माघ २०८२, बुधबार १३:३५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ई–सेवासँगको सहकार्यमा सस्तो प्रिमियममै उच्च बीमा सुरक्षा भएको ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ नामक म्यादी जीवन बीमा पोलिसी ल्याएको छ।

कम्पनीका अनुसार अप्रत्याशित घटनाले परिवारमा पार्न सक्ने आर्थिक जोखिम बहन गर्ने उद्देश्यले यो पोलिसी ल्याइएको हो। यो पोलिसीको मुख्य उद्देश्य बीमितको अनुपस्थितिमा परिवारलाई दीर्घकालीन आर्थिक सुरक्षा प्रदान गर्नु हो। जीवनको अनिश्चितता र बढ्दो आर्थिक दायित्वलाई मध्यनजर गर्दै ल्याइएको यो पोलिसीले न्यून प्रिमियम दरमै उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ। सीमित आय भएका र पहिलो चोटी बीमा गर्न चाहेका व्यक्तिलाई यो अत्यधिक उपयोगी हुने कम्पनीले बताएको छ।

यो एक वर्षे टर्म लाइफ इन्स्योरेन्स योजनाको वार्षिक प्रिमियम ७२५ रुपैयाँबाट शुरू हुने र बीमितले ५ लाख देखि २० लाख रुपैैयाँसम्मको जीवन बीमा सुरक्षा पाउनेछन्। यो पोलिसी १८ वर्षदेखि ६० वर्षसम्मका नागरिकले खरीद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार यसले बीमितको आकस्मिक मृत्यु तथा दुर्घटना मृत्यु दुवै अवस्थामा बीमा सुरक्षा दिनेछ। यो बीमा योजना ई–सेवा एपमार्फत सजिलै लिन सकिनेछ भने पोलिसी इमेलमार्फत प्राप्त हुनेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले सुपर टर्म लाइफ इस्योरेन्स योजनाले संकटको समयमा परिवारलाई पर्याप्त आर्थिक सहारा प्रदान गर्ने बताए। सहज, सुलभ तथा किफायती प्रिमियममा उपलब्ध यस योजनामार्फत सबै वर्गका नागरिकलाई जीवन बीमाको पुहँचमा ल्याउने लक्ष्यका साथ यो पोलिसी ल्याइएको बताए।

यसो त नेपाल लाइफ इन्स्योरेन्सले बीमा साक्षरता बढाउँदै आम नागरिकलाई वित्तीय सुरक्षाको दायरामा ल्याउन समय–समयमा नवीन र ग्राहकमैत्री बीमा योजनाहरू पस्किंदै आएको छ। सुपर टर्म लाइफ इन्स्योरेन्स पनि सोही प्रतिवद्धताको एक महत्त्वपूर्ण कदम भएको कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार यस योजनाले परिवारको आर्थिक स्थायित्व सुनिश्चित गर्नुका साथै दीर्घकालीन वित्तीय योजना बनाउन नागरिकलाई प्रेरित गर्नेछ। यस योजनाले अकस्मात् हुने जोखिमको अवस्थामा परिवारलाई आर्थिक रूपमा सुरक्षित राख्दै दैनिक जीवनयापन, ऋणको भार तथा भविष्यका आवश्यकताहरूमा आर्थिक सहारा प्रदान गर्ने विश्वास लिइएको कम्पनीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*