निगमद्वारा नेपाल ग्यासको वितरण तालिका सार्वजनिक

२१ माघ २०८२, बुधबार १४:१३

काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज बिक्री वितरण हुने नेपाल ग्यासको विवरण सार्वजनिक गरेको छ। निगमले काठमाडौँका ८४ स्थानबाट ६ हजार ८७० सिलिन्डर बिक्री वितरण हुने जनाएको छ।

पछिल्ला दिनमा बजारमा विशेष गरी नेपाल ग्यास अभाव भएको गुनासो सार्वजनिक भइरहेकाले निगमले यसबारे जानकारी दिएको हो। निगमका अनुसार हाल ग्यासको आयात परिमाण बढाइएको छ र अब ग्यास अभाव नरहेको जनाएको छ।

नागरिकहरूले आफ्नो नजिकको बिक्री केन्द्रबाट ग्यास उपलब्ध गराउने व्यवस्था गर्न सक्ने निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*