टेकअफमै इन्जनमा समस्या, टर्किश एयरलाइन्सको वाइडबडी विमान कोलकातातर्फ मोडियो

२१ माघ २०८२, बुधबार १४:४९

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडान भरेको टर्किश एयरलाइन्सको वाइडबडी विमान टेकअफको क्रममा एउटा इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

उडान नम्बर टीएचवाई–७२७ को चालकदलले उडानको प्रारम्भिक समयमा इन्जिनको समस्याबारे काठमाडौं टावरलाई जानकारी गराएको थियो। चालकदलले प्रारम्भिक रूपमा सिंगल इन्जिनमा विमान उडिरहेको रिपोर्ट गरेपछि विमान काठमाडौंको आकाश क्षेत्रमा केही समयसम्म धार्के, धादिङमाथि होल्ड गरेर इन्जिनको अवस्था जाँच गरेको थियो।

जाँचको क्रममा दुवै इन्जिनको भरमा लामो दूरीको उडान सुरक्षित रूपमा गर्न नसकिने निष्कर्ष आएपछि चालकदलले इस्तानबुलतर्फको यात्रा जारी नराख्ने निर्णय गरी विमान भारतको कोलकाता विमानस्थलतर्फ मोडिएको काठमाडौँ एअरपोर्ट कम्पनी (क्यान)ले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*