नेप्सेमा दुई कम्पनीको ४५ लाख कित्ता बोनस शेयर सूचीकृत
२१ माघ २०८२, बुधबार १६:०१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सुपर मादी हाइड्रोपावर र गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको हो ।
सुपर मादीको ५ प्रतिशत बोनस बापतको ११ लाख २ हजार ५०० कित्ता, गरिमा विकास बैंकको ६ प्रतिशत बोनस बापतको ३४ लाख ८ हजार ३१०.४० कित्ता गरी जम्मा ४५ लाख १० हजार ८१०।४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
अब उक्त कम्पनीहरुको शेयर भोलिदेखि कारोबारमा आउनेछन् ।












