डिप्रोक्स लघुवित्तले कमायो ४४ करोड २९ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो?

२२ माघ २०८२, बिहीबार ०९:३९

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा ४४ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यसै कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म अर्थात ६ महीनाको अवधिमा २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। त्यसको तुलनामा चालू आवमा ८०.३० प्रतिशतले यस्तो नाफामा वृद्धि आएको हो।

गत आवको पुस मसान्तसम्म कम्पनीले ९९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ६.६७ प्रतिशतले बढेर १ अर्ब ६ करोड १० लाख रुपैयाँ नाघेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि १ अर्ब ८ करोड ७९ लाख रुपैयाँबाट झण्डै ६ प्रतिशतले बढेर १ अर्ब १५ करोड २४ लाख रुपैयाँ पुगेको छ।

यसरी आम्दानीमा उल्लेख्य वृद्धि भएपछि कम्पनीको सञ्चालन नाफा पनि समीक्षा अवधिमा ३६ करोड ७२ लाख रुपैयाँबाट साढे ७१ प्रतिशतले वृद्धि भएर ६२ करोड ९९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

त्यस्तै समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २८.८० रुपैयाँबाट बढेर ४७.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा पनि बढ्न गई ६.०९ प्रतिशतबाट ८.४३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २२१.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७.४२ गुणा रहेको छ।

चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडामा ८५ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा झण्डै १ अर्ब ४१ करोड रुपैयाँ सञ्चिति छ। कम्पनीले २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ११ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। पुस मसान्तसम्म कम्पनीको सम्पत्तिको कुल मूल्य २७ अर्ब ६ करोड ३७ लाख रुपैयाँभन्दा बढी रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*