झापा ५ मा रहेको बालेन्द्र शाहको सम्पर्क कार्यालयमा तोडफोड
२२ माघ २०८२, बिहीबार ११:१६

काठमाडौँ । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ । सो क्षेत्रबाट पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् ।
जिल्लाको कमल गाउँपालिका २ स्थित पार्टीको सम्पर्क कार्यालयमा तोडफोड गरिएको हो । तोडफोडबाट सम्पर्क कार्यालयको सिसा फुटेको छ । अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।
पार्टीले यस विषयमा प्रहरीमा जानकारी गराएको छ ।












