हकप्रद निष्काशन गर्न मोदी ईनर्जीलाई आयोगको पूर्वस्वीकृति

२२ माघ २०८२, बिहीबार १२:२१

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्नका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ।

कम्पनीले चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृति माग्दै विद्युत नियमन आयोगमा निवेदन दिएको थियो। कम्पनीबाट प्राप्त निवेदन छानबिन गरी आयोगले १ बराबर १:०.९००२९ को अनुपातमा हकप्रद शेयर निष्काशनका लागि माघ २० गते पूर्व स्वीकृति दिने निर्णय गरेको हो।

आयोगबाट पूर्व स्वीकृति पाएसँगै अब कम्पनीले १:०.९००२९ को अनुपातमा हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेछ। बोर्डबाट अनुमति पाएपछि मात्रै कम्पनीले हकप्रद शेयर निष्काशन गर्न पाउनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*