घर वहाल नतिर्ने ८ सहकारीलाई काठमाडौं महानगरपालिकाको अल्टिमेटम

२२ माघ २०८२, बिहीबार १३:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर वहाल नतिरेका ८ वटा सहकारी संस्थालाई आफ्नो कार्यालयको घर कोठा खाली गर्न अल्टिमेटम दिएको छ। महानगरपालिकाले ती सहकारी संस्थालाई ७ दिनभित्र घरवहाल तिर्न र आवश्यक कारबाहीको पालना गर्न सार्वजनिक सूचना मार्फत चेतावनी दिएको हो।

कानुन तथा मानव अधिकार विभागले जारी गरेको सूचनामा उल्लेख छ, ‘काठमाडौँ महानगरपालिका, न्यायिक समितिबाट बहालमा लिएका घर कोठा खाली गर्ने निर्णय कार्यान्वयन गर्न सहकारी संस्थाहरूले तोकिएको मिति २०८२/१०/१५ भित्र घर कोठा खाली गर्नुपर्ने निर्णय कार्यान्वयन समितिको बैठकले गरेको निर्णय अनुसार यो सूचना प्रकाशित गरिएको हो।’

सूचनामा भनिएको छ सहकारीहरूले घर कोठा खाली गर्दा कार्यालयका फर्निचर, कम्प्युटर लगायतका सामानहरू सम्बन्धित घरधनीको जिम्मा हुनेछन्। साथै, पछि ती सम्पत्ति वा सरसामान सम्बन्धमा कुनै दाबी वा विरोध नगरिने पनि सूचनामा उल्लेख छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*