सुनसरीमा नक्कली नोट सहित एक युवक पक्राउ

२२ माघ २०८२, बिहीबार ११:५४

काठमाडौं । सुनसरीको गरिनगर गाउँपालिका–१ बाट नक्कली नेपाली नोट सहित २५ वर्षीय एकजना युवकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीकै इनरुवा नगरपालिका–१० बस्ने बहिस मिया रहेका छन्। प्रहरीले उनलाई एक हजार दरका २८ थान नक्कली नोट सहित बुधबार राति पक्राउ गरेको हो।

प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरीको टोलीले उनलाई नक्कली नोट सहित पक्राउ गरेको हो। हाल उनलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*