कास्कीमा स्रोत नखुलेको साढे २१ लाख नगदसहित एक जना पक्राउ

२२ माघ २०८२, बिहीबार १५:४६

काठमाडौँ ।  स्रोत नखुलेको साढे २१ लाख रुपैयाँ नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पोखरा महानगरपालिका–३ अधिकारी टोलबाट स्रोत नखुलेको २१ लाख ७६ हजार रुपैयाँसहित पोखरा महानगरपालिका–२ मोहरिया टोल निवासी ३४ वर्षीय तम्रुम पाललाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार पाललाई नियमित चेकजाँचका क्रममा उक्त नगदसहित नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार बरामद नगदको स्रोत खुल्न नसकेपछि उनलाई पक्राउ गरिएको हो। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*