लोक सेवा आयोगद्वारा प्रशासन सेवातर्फ सात सहसचिव नियुक्तिको सिफारिस

२२ माघ २०८२, बिहीबार १७:२४

काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवातर्फ सहसचिव पदमा नियुक्तिका लागि सात जनालाई सिफारिस गरेको छ। आयोगले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई उनीहरूको नियुक्तिका लागि सिफारिस पत्र पठाएको हो।

प्रशासन सेवाअन्तर्गत सहसचिव पदका लागि गरिएको विज्ञापनअनुसार लिखित परीक्षामा १० जना उम्मेदवार उत्तीर्ण भएका थिए। त्यसमध्ये अन्तिम नतिजाका आधारमा सात जना छनोट भएका हुन्।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार पहिलो नम्बरमा डिजन भट्टराई सिफारिस भएका छन्। त्यसैगरी विजय राना, तीर्थराज राई, रेशमलाल कँडेल, गोकुल बाँस्तोला, खडानन्द अधिकारी र मानबहादुर बम पनि सहसचिव पदका लागि सिफारिस भएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*