काठमाडौंका घर–घरमा चोरी गर्दै आएका शृंखलाबद्ध चोर प्रहरीको फन्दामा

२२ माघ २०८२, बिहीबार १७:२९

काठमाडौँ ।  काठमाडौंमा शृंखलाबद्ध चोरीमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले बाँकेको नेपालगन्ज घर भएका ४१ वर्षीय प्रेम थारूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार थारूले काठमाडौंका तीन जनाको घरमा चोरी गरी कुल एक करोड ६ लाख १४ हजार दुई सय रुपैयाँ बराबरको धनमाल हिनामिना गरेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार पछिल्लोपटक थारूले गत मंगलबार बौद्धस्थित एक घरमा चोरी गरेका थिए। उनलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाउनु परेको बताइएको छ।

प्रहरीले थारूको साथबाट करिब ६५ तोला सुन तथा विभिन्न देशका मुद्रा बरामद गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी शृंखलाबद्ध रूपमा चोरी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थारू यसअघि पनि चोरी मुद्दामा दोषी ठहर भई तीन वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*