सुदूरपश्चिम प्रदेशसहित ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२२ माघ २०८२, बिहीबार १७:५२

काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको छ। आयोगले सूचना जारी गरेर बिहीबार बिहानसम्म ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको जनाएको हो।

आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी गरी जम्मा २५ जिल्लाको छपाई तथा प्याकिङ सम्पन्न भइसकेको छ।

आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि जनक शिक्षा सामग्री केन्द्र, सानोठिमीमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि १० लाख ९८ हजार दुई सय नमुना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरूमा पठाई सकिएको जनाएको छ।

दुई करोड ८ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ तथा रुजु समेत गरी ढुवानीका लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ। त्यसैगरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतका लागि आवश्यक पर्ने दुई करोड तीन लाख २३ हजार छपाई गर्नुपर्नेमा आज बिहान ८ बजेसम्म विभिन्न क्षेत्रका ७२ लाख ६० हजार मतपत्र छपाई भई पाँच हजार आठ सय २५ बाकस प्याकिङ भइसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*